sevenstartv.com १ असार २०८३, सोमवार

बागलुङ कालिकामा दर्शनार्थीको भीड

१७ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । दसैँको पहिलो दिन  घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको बताइएको छ ।

केही दिनदेखि होटलहरु भरिभराउ छन् । मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन । खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैँमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ ।