भृकुटीमण्डपमा जितिया महोत्सव हुने
काठमाडौं । थारु समुदायको संस्कृती जोगाउने उद्धेश्यले काठमाडौंको भृकुटीमण्डपमा जितिया महोत्सव हुने भएको छ । थारु महिला उपत्यका समितिको आयोजनामा यही असोज ९ गतेदेखी महोत्सव सञ्चालन हुने भएको हो ।
थारु महिला सभा उपत्यकका कार्य समिति अध्यक्ष ललिता चौधारीले आईतबार पत्रकार सम्मेलन मार्फत सोही जानकारी गराएकी हुन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधारीद्वारा जितिया महोत्सवको उद्घाटन हुने अध्यक्ष चौधरीको भनाई छ । महोत्सवका लागि आवश्यक आर्थिक स्रोत भने विभिन्न संस्थाहरुको सहयोगबाट जुटाउने तयारी भएको उनले बताइन् ।
महोत्सवमा थारु समुदायको पहिचान झल्किने खालको झाँकी सहितको ¥याली निकाल्ने र नृत्य हुने आयोजकको भनाई छ ।
