sevenstartv.com ९ चैत २०८२, सोमवार

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

३० भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ । यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए ।

बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्