सुनचाँदी कै मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा ५ हजार ८ सय र चाँदी १ सय ५५ रुपयाँले गिरावट आएको हो ।
शुक्रबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३ सय ५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार नेपाली बजारमा एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३ सय र त्यति नै परिमाणको सेतो धातु ४ हजार ५ सय ५ मा कारोबार भएको थियो ।




















