शुक्लाफाँटामा बाटो बिराएर हराएका १४ महिला २६ घण्टापछि आए सम्पर्कमा
कैलाली । च्याउ खोज्न जाँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बेपत्ता भएका भीमदत्त नगरपालिका १९, बागफाँटाका १४ जना महिला २६ घण्टापछि सम्पर्कमा आएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले २६ घण्टादेखि सम्पर्क विहिन भएका उनीहरू सबै सम्पर्कमा आएको जानकारी गराएका छन् ।
आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका उनीहरू राति अबेरसम्म घर परिवारसँग सम्पर्क नआएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । प्रहरीले आज बिहानैदेखि उनीहरूको खोजी गरिरहेको थियो । प्रजिअ कोइरालाले सम्पर्क विहिन रहेकाहरु सम्पर्कमा आएको जानकारी गराएका छन् ।
सबैजना समूहमै बसेको जानकारीमा आएको बताउँदै प्रमुख जिल्ला अधिकारी कोइरालाले भने, बेलुकी पानी परेपछि बाटो भुल्नुभएकोरहेछ, ‘आज बिहानै सबै खोजीमा लागेका थियौं । उहाँहरू पनि बाटो पछ्याउँदै आउनु भयो ।’
जंगलमा गएका १४ जनामध्ये कसैले पनि मोबाइल नलगेकाले उहाँहरूसँग सम्पर्क हुन सकेको थिएन। सम्पर्क विहिन भएकाहरुको खोजीमा ड्रोनको समेत प्रयोग गरिएको थियो। उनले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक परे हेलिकप्टरसमेत प्रयोग गर्ने विषयमा निर्णय गरिसकेको बताए । तर, उनीहरू सम्पर्कमा आइसकेपछि अब निकुञ्जभित्र यसरी प्रवेश नगर्न सम्झाइएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।


-61.jpg)









-61.jpg)