sevenstartv.com ११ साउन २०८३, सोमवार

निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राख्न प्रतिबद्ध छु : प्रधानमन्त्री

२४ असार २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधामन्त्री वालेन्द्र शाहले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रमा छाएको निराशाको अन्त्य गर्दै सुधार गर्न चाहाना रहेको बताइएका छन् । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शका प्रतिनिधिहरुसँग बुधबार सम्पन्न भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथले मात्र देशमा आर्थिक सुधार गर्न सकिने र त्यस्का लागि आफु प्रतिबद्ध रहेको अभिब्यक्ति व्यक्त गरेका हुन् ।

निजी क्षेत्र र प्रधानमन्त्रीबीचको भेटवार्ता करिब डेढघण्टा चलेको थियो । प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर विद्यमान समस्या सुधारका लागि आफुले कुनै कसर नछाड्ने उल्लेख गरेका छन् ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उक्त भेटमा निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपायलगायत विषयमा खुलेर छलफल भएको जानकारी गराएका छन् । भेटमा व्यवसायीले केही उद्योगी व्यवसायीलाई हिराससतमा राखेको, निजी क्षेत्र त्रासमा रहेको र आत्मविश्वास बढ्न नसकेको लगायत विषय पनि उठान भएका थिए ।

अध्यक्ष श्रेष्ठका अनुसार व्यवसायीहरुले राखेको जिज्ञासाको प्रतिउत्तरमा प्रधानमन्त्री शाहले कसूरको आरोपका आधारमा केही उद्योगी व्यवसायीमाथि अनुसन्धान भए पनि समग्र निजी क्षेत्रप्रति सरकार सकारात्मक रहेको र थप लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताएका थिए ।

चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रका विद्यमान सबै समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । व्यवसायीको कर्जा प्रवाह बढ्न नसकेको, निजी क्षेत्रको आत्मविश्वास खस्किएको, लगानी बढ्न नसकेको, बैंकमा पैसा थुप्रिएको, उद्योग आधाभन्दा कम क्षमतामा चलेको, सेयर बजार लगातार ओरालो लागेकोलगायत विषयमा केन्द्रित रहेर छलफल भएको बताउँदै अध्यक्ष अग्रवालले भने प्रधामन्त्रीले हाम्रो सबै कुरा राम्रोसँग सुन्नुभयो ।

हरेक विषयमा समाधानका लागि सुझाव पनि माग्नुभयो । प्रधानमन्त्री निजी क्षेत्रप्रति निकै सकारात्मक हुनुहुन्छ ।’ प्रधानमन्त्रीसँगको भेटवार्ता मा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शबाट अध्यक्षसहित दुई दुई जना पदाधिकारीको  सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्