प्रधानमन्त्रीले अस्विकार गरेको भारत भ्रमणमा रवि लामिछाने जाँदै
आखिर के पाक्दैछ खिचडी
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणालाई ठाडै अस्विकार गरे पछि सभापति लामिछाने आफै भारत भ्रमणका लागि जाने भएका हुन् ।
सभापति लामिछाने भारतीय विदेश मन्त्रालयको निमन्त्रणमा दुई दिने भ्रमणका लागि जेठ १८ गते भारत प्रथान गर्न लागेका हुन् । लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ । उनको भारत भ्रमणलाई लिएर चौतफि चासोको विषय बनेको छ ।
लामिछानेको भ्रमणलाई नेपाल–भारत सम्बन्धको वर्तमान सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय लिम्पियाधुरा–लिपुलेक क्षेत्रलगायत सीमा विवाद, दुवै देशका उच्चस्तरीय भ्रमण स्थगित हुनेजस्ता घटनाले सम्बन्धमा केही चिसोपन देखिएको अवस्थामा लामिछानेको भारत भ्रमणलाई महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा व्याख्या गरिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले पार्टीको निर्देशन र हित विपरित काम गरेको भन्ने चर्को आलोचना र चर्चालाई सभापति लामिछानेको भारत भ्रमणले पुष्टि गर्ने राजनिीतिक विस्लेशकहरु बताउँछन् ।
रास्वपाले प्राप्त गरेको बहुमतको आडमा प्रधानमन्त्री बनेका शाह र सभापति लामिछाने बिच आएको दरार पछिल्ला राजनीतिक घटना क्रमले रास्वपा फुटको संघारमा रहेको समेत चर्चा चल्न थालेको छ ।
