एमालेको केन्द्रीय कमिटी बैठक असारको दोस्रो साता बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ ।
गुण्डुमा शुक्रबारदेखि निरन्तर तीन दिन सम्म चलेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने तय गरेको हो ।
एमालेका सचिव महेश बस्नेतले सचिवालय बैठक मार्फत नै केन्द्रीय कमिटी बैठकको तय भएको जनाएका छन् ।
‘उनले असार १५ देखि २० गतेको को बीचमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको बताएका छन् ।
नेकपा एमालेको बहुप्रतिक्षित सचिवालय बैठकमा ओलीले नेतृत्व छाडेर सहजिकरण गर्नु पर्नेमा अधिकांश नेताहरुले जोड दिएका थिए ।
