sevenstartv.com ११ जेठ २०८३, सोमवार

सुधन गुरुङको बयान लिने तयारीमा समिति

१० जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले गुरुङको बयान लिने तयारीलाई तिव्रता दिएको छ ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो । सो समितिले आधा जति काम सकिसकेको जानकारी गराइएको छ ।

गुरुङमाथि बयान लिने काम अघि बढाइने स्रोतको दावी छ । हालसम्म समितिले गुरुङमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको बताइएको छ । छानबिन काम आधा जसो सम्पन्न भएकाले अब गुरुङको बयान लिने तयारीमा समिति लागि परेको हो । गुरुङमाथि प्रश्न उठेका विषयहरूमा सोधपुछ गर्ने तयारीमा समिति लागि परेको बताइएको छ ।

रुङ मन्त्री भएका बेला उठान भएका विषयमा सुक्ष्म रुपमा छानबिन गर्ने कार्यक्षेत्र तोकिएकाले सोहि अनुसार कामले तिव्रता पाएको अध्यक्ष भण्डारीले बताएका छन् । समितिले गरेको छानविनमा गुरुङ दोषी देखिएमा प्रष्ट रूपमा दोषी, निर्दोष भए स्पष्ट रूपमा यो कारण निर्दोष भनेर प्रतिवेदन बुझाइने समितिको भनाई छ । डकुमेन्टका आधारमा प्रमाणसहित रिपोर्ट आउने समितिको भनाई छ । ‘साथै समितिले तोकिएकै समयमा प्रतिवेदन बुझाइने तयारी गरि रहेको अध्यक्ष भण्डारीले बताएका छन् ।

उनले काम सुरु गरेको दिनबाट समितिलाई १५ दिनको समय दिइएको स्पष्ट पादै एक हप्ता विति सकेको र अबको बाँकी समयमै प्रतिवेदन बुझाउने गरी काम भई रहेको उल्लेख गरेका छन् । तोकिएकै समयमा प्रतिवेदन बुझाउने गरी काम गरेका छौं । तलमाथि केही नभएर यही स्पिरिटमा गयो भने तोकिएकै समयमा प्रतिवेदन बुझाउँछौं,’ अध्यक्ष भण्डारीले भने ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्