सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । छापावाला सुन प्रतितोला ३ हजार ३ सयले रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
मंंगलबार प्रतितोला २ लाख ९५ हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधबारका लागि भने प्रतितोला २ लाख ९२ हजार कायम भएको छ । यसै गरी चाँदीको मूल्य तोलामा १ सय २५ ले घटेको छ ।
मंगलबार प्रतितोला ५ हजार ८५ मा कारोबार भएको चाँदी बुधबारका लागि भने प्रतितोला ४ हजार ९६० निर्धारण गरिएको छ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा तलमाथि हुने क्रम जारी रहेको छ ।
