sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप

९ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धानका लागि अदालतले सात दिन म्याद थपको आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार सम्पत्ति शुद्धीकरण मुद्दामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल दुवै जना अहिले विभागको हिरासतमा रहेका छन् ।

भट्ट र अग्रवाल निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालय रि को ठुला सेयरधनी मध्येका हुन् । यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले  नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए । दुवै जनालाई एउटै कसुरमा अनुसन्धान भइरहेको विभागस्रोतले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्