कालीगण्डकी करिडोर अवरुद्ध
काठमाडौं । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा अवरुद्ध भएको हो । करिडोर अवरुद्ध हुँदा सवारीसाधन ठप्प भएका छन् । अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाइएकाे छ ।
पहिरोले सडक नै भासिएको छ । गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकामा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो ।
