sevenstartv.com १९ वैशाख २०८३, शनिवार

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

१८ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् । 

सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए । दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि दाबी गरेका थिए ।

भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्