sevenstartv.com १२ वैशाख २०८३, शनिवार

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

१६ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । 

दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ । 

यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू(भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने आंशिक बदली रहने र पहाडी भेगमा बादल लाग्ने क्रम जारी रहनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्