sevenstartv.com २० वैशाख २०८३, आइतवार

ओली र पोखरेलले दिए प्रधानमन्त्री बालेन शाहलाई बधाई

१३ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । 

शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत शाहलाई बधाई दिएका हुन् । ओलीले शाहसँगै शुक्रबार गठन भएको मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । 

ओलीले बधाई दिँदै भने,  ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

यस्तै, एमाले महासचिव पोखरेलले पनि नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले शाहलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्