sevenstartv.com २० वैशाख २०८३, आइतवार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१२ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो ।

बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । आजै नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन् । शपथ लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकबाट संसदीय दलको नेता चयन भएपछि शुक्रबार बालेन प्रधानमन्त्री बन्नेछन् । उनको शपथको समय पनि तोकिसकिएको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री घोषणा गरेको थियो । रास्वपा र बालेनबीच भएको सहमतिमा पनि उनलाई भावी प्रधानमन्त्री बनाउने उल्लेख थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्