sevenstartv.com १२ वैशाख २०८३, शनिवार

कोशी, गण्डकी र बागमती प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१२ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । 

राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्