आजदेखि मौसममा सुधार
काठमाडौं । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै आजदेखि मौसममा सुधार आएको छ ।
देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका एक–दुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ ।
