sevenstartv.com १ चैत २०८२, आइतवार

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

१ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, कर्णाली र सुदूरपश्चिम  प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्