sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

२५ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भामामा  साधारणतया बादल लाग्नेछ।  बाँकी भू(भागमा आंशिक बादल लाग्ने छ ।

कोशी, मधेस, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी  प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्