sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

डोल्पामा नेकपाका बुढा विजयी

२४ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का धनबहादुर बुढा विजयी भएका छन् ।

बुढा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा ६ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । रोकायले पाँच हजार ३९६ मत प्राप्त गरेका हुन् । 

त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गरे । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । २५ हजार पाँच मतदाता सङ्ख्या रहेको यस् क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्