मुग्लिन-नागढुंगा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए
काठमाडौं । मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् ।
दुर्घटनामा कार चालक घाइते भएका छन् । प्रदेश ३ ०१-०२४-च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हुन् ।
थप घटनाको विवरण आउन बाँकी छ।
