sevenstartv.com २३ फागुन २०८२, शनिवार

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी

२३ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । निवर्चान अधिकृत कार्यालयका अनुसार एमालेका उम्मेदवार भानुभक्त ढकाललाई पछाडि पार्दै कांग्रेसका सन्तोष सुब्बा विजयी भएका हुन् ।

सुब्बाले निकटतम प्रतिस्पर्धी एमालेका ढकाललाई ८७९ मतले पछि पारेका हुन् । तेह्रथुममा विजयी भएका सुब्बाले ११ हजार ५६१ पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका ढकालले १० हजार ६८२ मत ल्याएका छन् । 

यो सँगै कांग्रेसले अहिलेसम्म पाँच क्षेत्रमा जित निकालेको छ । मुस्ताङबाट खाता खोलेको कांग्रेसले मनाङ, रसुवा, र दैलेखमा जित हात पारेको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्