sevenstartv.com २३ फागुन २०८२, शनिवार

बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

२३ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले २८ हजार बढी मत प्राप्त गरेका हुन् । सो क्षेत्रका नेकपा (एमाले) का उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन् ।

यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्