गुल्मीमा सागर ढकालको अग्रता
काठमाडौं । गुल्मीको क्षेत्र नं १ मा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई पछि पार्दै रास्वपाका नेता सागर ढकालले सुरुवाती अग्रता लिएका छन् ।
यसअघि ०७९ मा उनी डडेलधुरामा तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गएर चर्चामा आएका थिए। गुल्मी घर भएका इन्जिनियर ढकाल अहिले भने आफ्नै गृहजिल्लाबाट उम्मेदार बनेका हुन् । गुल्मीबाट देशमै पहिचान बनाएका एमाले र कांग्रेसका सिनियर नेतासँगै नेकपाका पनि प्रदेशका अध्यक्ष रहेका सुदर्शन बरालसँग प्रतिस्पर्धामा छन् ।
प्रारम्भिक अपडेटमा उनले सबैलाई पछि पार्दै अग्रता लिएका छन् । मत गणनाको पहिलो सार्वजनिक अपडेट अनुसार जम्मा ६३९ मत गणना भएकामा उनले २४३ मत पाएका छन् भने कांग्रेसका चन्द्र भण्डारीले १०३, एमालेका प्रदीप ज्ञवालीले ११८ र नेकपाका सुदर्शन बरालले १२९ मत पाएका छन् ।
