sevenstartv.com २३ फागुन २०८२, शनिवार

जुम्लामा राप्रपाले लियो अग्रता

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ ।राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ ।

तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ राप्रपाका नरेश भण्डारी उम्मेदवार छन् ।

नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र पाएकी छन् । १० मत बदर भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्