स्याङ्जाको बालज्योति विद्यालयमा दुई घण्टा रोकिएको मतदान फेरि सुरु
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा विवाद हुँदा केही बेर रोकिएको मतदान फेरि सुरु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।
मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो । त्यसपछि तत्काल प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुन सञ्चालन गरिएको हो ।
घटनाबारे निर्वाचन आयोगलाई जानकारी पठाइसकिएको छ ।
