ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले गरे मतदान बहिष्कार
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । , बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान गरेका छैन् ।
मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् । सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ ।
प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीय आक्रोशित थिए । उनीहरूले सोही माग पूरा गर्नुपर्ने अन्यथा भोट नमाग्ने भन्दै मतदान बहिष्कार गरेका हुन् ।
