देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म ८ लाख ५० हजार बढीले मतदान गरेका छन् । निर्वाचन आयोग स्रोतका अनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजारले मतदान गरेका हुन् ।
आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन गराएको हो ।
