sevenstartv.com २ चैत २०८२, सोमवार

रोल्पाबाट विप्लवले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । चन्दले १ दशकभन्दा बढी समयपछि पहिलोपटक मतदान गरेका हुन् ।

बिहीबार बिहान परिवर्तन गाउँपालिका-३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट उनले मत खसालेका छन् । यसअघि उनको पार्टीले निर्वाचन बहिस्कार गर्ने नीति लिएको थियो ।

यसपटक भने उनको पार्टी निर्वाचनमा सहभागी भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्