करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते
काठमाडौं । बैतडीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पाटन नगरपालिका( ६ डुङराकी ५७ वर्षीया जानकी लुहारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार अपराह्न साढे ४ बजेतिर घरमा ‘ग्याबिन’ तारमाथि लुगा सुकाउने क्रममा जानकीलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी जानकीको उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार घाइते भएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
