ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदानका लागि लाइन बस्नुनपर्ने
काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ ।
आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीलगायतले सहज मतदान गर्नेगरि व्यवस्थापन गरिएको जनाएको हो ।
आममतदातालाई सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्नेसमेत स्पष्ट पारिएको छ ।
