sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आज पनि अस्तव्यस्त

१७ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि परेको छ । त्यस क्षेत्रका विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । 

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएका छन् ।

उडान रद्दका कारण यात्रुहरू शनिबारदेखि नै अलपत्र परेका छन् ।  आइतबार बिहान पनि यात्रुहरू अन्योलमा यताउता गरिरहेका देखिन्थे । विमानस्थलमा अनेक सूचना टाँसिएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्