sevenstartv.com ४ असार २०८३, बिहिवार

नेपाल प्रहरीले सुरू गर्याे सीमा क्षेत्रमा गस्ति

१६ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति सुरू गरेको छ ।

चिनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका ६ को  लिमी लाप्चामा पैदल गस्ती गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक मञ्जुल खडकाको कमाण्डमा ७ जनाको टोली नाम्खा गाउँपालिका ५ र ६ वस्तुस्थिति बुझ्न पैदल गस्ती सुरू गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

 निर्वाचन नजिक आउँदा हिल्सा नाका हुँदै नेपाल प्रहरी लिमि लाप्चा गस्तिमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिए ।