इजरायलले गर्यो इरानमाथि आक्रमण सुरु
काठमाडौं । इजरायलले इरान विरुद्ध ‘पूर्व सतर्कता’ आक्रमण सुरु गरेको छ ।
आज बिहान एक विज्ञप्ति जारी गर्दै इजरायली रक्षामन्त्री इजरायल काट्जले देशभर ‘विशेष र स्थायी संकटकाल’ घोषणा गरेका छन् । इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको मुख्य सहरी क्षेत्रमा तीनवटा ठुला विस्फोटका आवाज सुनिएका छन्। इरानको फार्स न्युज एजेन्सीले तेहरानको रिपब्लिक क्षेत्रमा कैयौँ मिसाइलहरू प्रहार भएको रिपोर्ट प्राप्त भएको जनाएको छ ।
