रास्वापाले काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम आयोजना गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने भएको छ । पार्टीले शनिबार उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम गर्न लागेको हो ।
‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ । आयोजकका अनुसार कार्यक्रमका लागि भेला हुने स्थान पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशाला पार्किङ तोकिएको छ। बिहान ६स्३० बजे पशुपतिनाथबाट सुरु हुने यो अभियान बेलुकी ६स्३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ ।
रास्वपाले कार्यक्रममा सहभागी हुने शुभचिन्तक तथा सर्वसाधारणलाई आफूलाई पायक पर्ने स्थानमा मात्र उपस्थित भई अभिवादन साटासाट गर्न अनुरोध गरेको छ । साथै, कार्यक्रम अवधिभर ट्राफिक नियमको पूर्ण पालना गर्न र गराउन समेत पार्टीले अपिल गरेको छ। प्राविधिक कारणले समय र स्थानमा केही हेरफेर हुन सक्ने सम्भावना समेत रहेको जनाइएको छ ।
