sevenstartv.com २० वैशाख २०८३, आइतवार

सरकारी कागजात देखाएर मतदान गर्न पाइने

१४ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन मतदान निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ । यदि मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइन्छ ।

यो निर्णयसहित अन्य पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्