sevenstartv.com २० वैशाख २०८३, आइतवार

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

१४ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।

सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल  स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् ।

पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए । जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।

देउवा यसपटक उम्मेदवार पनि नभएकोले चुनावकै मुखमा विदेश प्रस्थान गरेका हुन् । डडेल्धुराबाट यसपटक कांग्रेसबाट नैनसिंह महरले टिकट पाएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्