sevenstartv.com २० वैशाख २०८३, आइतवार

राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाह रास्वपामा प्रवेश

१३ फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राप्रपाको सहायक महामन्त्री पद छाडेका सौरेन्द्र बहादुर शाह राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । चुनावी माहौल बढिरहेकै बेला उनी रास्वपा प्रवेश गरेर पार्टीको प्रचार प्रसारमा जुटेका छन् । 

पार्टी प्रवेशसँगै उनलाई रास्वपाले जिम्मेवारी समेत दिइसकेको छ । उनलाई पार्टी उपसभापति डीपी अर्याल मातहतको  संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी जिम्मेवारी दिइएको हो ।  

उनले पार्टीप्रति पूर्णरुपले इमानदार र शिरमा देश राखेर आफ्नो कार्य सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले माघ अन्तिम साता राप्रपा परित्याग गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्