sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै

१३ फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी र हिमाली भूभागमा सामान्य वादल लागेको र बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्ने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम सफा रहनेछ । 

राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्