sevenstartv.com २० वैशाख २०८३, आइतवार

नेकपाका ४७ जना सदस्यहरुले गरे पार्टी परित्याग

१२ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चुनावको मुखमा दाङ क्षेत्र नम्बर १ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यहरुले पार्टी परित्याग गरेका छन् ।  उनीहरुले नेकपा परित्याग गर्दै लुम्बिनीका पूर्वमुख्यमन्त्री समेत रहेका स्वतन्त्र उम्मेदवार कुल प्रसाद केसीलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

केसी नेकपाका बागी उम्मेदवार हुन् । दाङ १ मा नेकपाले साविक एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई टिकट दिएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

पार्टीको आधिकारिक उम्मेदवार चौधरीको साटो स्वतन्त्र उम्मेदवार केसीलाई सहयोग गरेको भन्दै नेकपाले धमाधम कारबाही शुरू गरेपछि पूर्वमाओवादी खेमाका नेता–कार्यकर्ताहरूले आज देउखुरीको मौरीघाटमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्