sevenstartv.com २० वैशाख २०८३, आइतवार

धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन

११ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सरकारले धादिङ बस दुर्घटनाबारे छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयकी उपसचिव एवं सूचना अधिकारी रमा आचार्यले सोमबार मन्त्रालयमा बसेको बैठकले बस दुर्घटनाबारे छानबिन समिति गठन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका( ५ मा गए राति बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गए राति एक बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्