sevenstartv.com २० वैशाख २०८३, आइतवार

दुई तिहाईको पार्टी फुटाउनेहरुले मुलुकलाई कमजोर पारेको ओलीको भनाई

राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड, युवाहरूलाई ‘टाइम पास’ नगर्न सुझाव

११ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको पार्टी फुटाउनेहरुले देशलाई कमजोर पारेको बताएका छन् । 

श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको बताए ।

उनले आफ्नो राजनीतिक जीवनका कठिन संघर्ष, पार्टी निर्माणको अभियान र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा पनि गरे ।  सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले गरेको संघर्षको स्मरण गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्