रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् । उनी रास्वपा परित्याग गरेसँगै कांग्रेसमा फर्किएका हुन् ।
रास्वपा मकवानपुरको संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेस सभापति गगन थापाले सर्लाही ४ बाट पार्टीमा स्वागत गरेको बताइएको छ । उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर(२ का चुनावी संयोजक नीराजन बर्तौला काङ्ग्रेसमा फर्किएका छन् ।
