पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ ।
तराईका जिल्लाहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ जसका कारण जनजीवन र यातायातमा केही प्रभाव पर्न सक्ने देखिएको छ। देशका हिमाली भू(भागमा दिनभरजसो बादल लाग्ने सङ्केत देखिए पनि तराई क्षेत्रमा भने दिउँसोतिर मौसम सफा रहने अनुमान गरिएको छ ।
विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगका एक(दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेकाले पर्वतारोहण र उच्च पहाडी यात्रामा निस्कनेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
