केपी शर्मा ओली आज झापा जाँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाने भएको छन् ।
निर्धारित कार्यक्रम अनुसार उनी बिहान ११ बजे बिर्तामोडका होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफलमा सरिक हुनेछन् ।त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता हुने छन् ।
चुनावी माहोल तातिरहेका बेला झापा क्षेत्र नं ५ का एमालेका तर्फबाट उम्मेदवार अध्यक्ष ओलीको झापा भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कार्यक्रमक्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने बताइएको छ।
