बागलुङमा जीप दुर्घटना : चार जना घाइते
काठमाडाैं । बागलुङको बडिगाड गाउँपालिका–८ खोलाखर्कमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
गलकोटको हटिया जाँदै गरेको ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप उकालो चढ्ने क्रममा ब्रेक फेल भई अन्दाजी २५ मिटर तल खसेको थियो । घाइते हुनेहरुमा ७२ वर्षिय याम बहादुर श्रीस र ५७ वर्षिय वेद बहादुर श्रीस ४० वर्षिय लिल बहादुर श्रीस र २० वर्षिय चालक सुनिल वि.क रहेका छन् ।
दुर्घटनापछि स्थानीयवासीहरू तत्काल उद्धारगरी गलकोट नगर अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए ।
