sevenstartv.com २१ फागुन २०८२, बिहिवार

सुनको भाउ तीन लाख नाघ्यो

२५ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार  सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नाघेको छ ।  सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ र १० ग्राम चाँदी ४ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको महासंघले जनाएको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा देखिएको महासंघको भनाइ छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्