कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ८ बजे बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई सहभागी हुन अनुरोध गरिएको छ । बैठकका लागि तीन वटा एजेन्डा तय गरिएका छन् ।
कार्यवाहक मुख्य सचिव दुलालका अनुसार बैठकमा नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुनेछ ।
