sevenstartv.com २३ फागुन २०८२, शनिवार

साउदी प्रो लिग अन्तर्गत अल नासर विजयी

२० माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १–० गोल अन्तरले पराजित गरेको हो ।  अल नासरको जितमा खेलको ४०औं मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् ।  रोनाल्डो क्लब व्यवस्थापनसँगको असन्तुष्टिका कारण नखेलेको बताइएको छ । 

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा अल हिलाल अल अहली साउदीसँग गोल रहित बराबरीमा रोकिएको छ ।  यसको फाइदा अल नासरलाई भएको छ । अल नासरले शिर्ष स्थानमा रहेको अल हिलालसँगको अंक दूरी एक अंकमा झारेको छ ।  शिर्ष स्थानमा रहेको अल हिलालको १९ खेलमा ४७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको अल नासरको १९ खेलमा ४६ अंक रहेको छ । त्यस्तै अल अहली साउदीको १९ खेलमा ४४ अंक रेहको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्